प्रभु साहले घोषणा गरे ‘आम जनता पार्टी’, ५१ सदस्यीय तदर्थ समिति गठन

प्रभु साहले घोषणा गरे ‘आम जनता पार्टी’, ५१ सदस्यीय तदर्थ समिति गठन

केन्द्रबिन्दु
0
Shares

प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । माओवादीबाट एमाले हुँदै स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् । 

काठमाडौंमा बिहीबार आयोजित एक भेलामा नयाँ पार्टी घोषणा गरिएको हो । भेलाले ५१ सदस्यीय तदर्थ समिति बनाएको छ भने सातै प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ । साथै नयाँ आम जनता पार्टीको संसदीय विभाग प्रमुखमा रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र रूपमा निर्वाचित किरण साह बनेका छन् । संगठन विभाग प्रमुखमा कुन्दन कुशहवा, प्रचारप्रसार विभाग प्रमुखमा चन्द्रभूषण साह, विदेश विभाग प्रमुखमा बद्री न्यौपाने, स्कुल विभागमा उपेन्द्र साह तथा आर्थिक विभागमा इच्छा बहादुर वाग्ले बनेका छन् । 

साे क्रममा अध्यक्ष साहले आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसात गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन नयाँ पार्टी गठन गरिएको बताए । साहको अध्यक्षतामा बसेको विस्तारित वैठकले स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा सहभागी भई स्वतन्त्र उम्मेदवार जिताउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ । पार्टीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आमजनता पार्टीको अन्तरिम विधान २०७९ लाई पारित गरेको छ ।

नेकपा खारेजसँगै एमाले र माओवादी आआफ्नो अस्तित्वमा फर्किंदा उनी एमालेमै रहेका थिए भने गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

विज्ञप्ति-

Logo