सुदूरपश्चिमका प्रदेशसभा सदस्य (सांसद)हरुले आज शपथग्रहण गर्दैछन् ।
प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन् । त्यसपछि रावलले दिउँसो साढे १ बजे अन्य ५२ जना सांसदलाई शपथ ग्रहण गराउने छन् । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार शपथ ग्रहणका लागि तयारी पूरा भइसकेको छ ।
नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएका छन् । अन्यले नेपाली भाषामै शपथ ग्रहण गर्नेछन् ।





























प्रतिक्रिया