नेकपा माओवादी केन्द्रले बागमती प्रदेशको संसदीय दलको नेता आज चयन गदैछ ।
काठमाडौंमा बिहान १० बजे बस्ने बैठकले संसदीय दलको नेता चयन गर्ने जनइएको छ । दलका नेतामा ५ जनाले आकांक्षा देखाएका छन्। माओवादी केन्द्रबाट संसदीय दलको नेताका लागि यसअघि २०७४ मा दलको नेता भइसेकाका शालिकराम जम्कट्टेल, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’,प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेर जितेका नेपाल समाजवादी पार्टीका नेता गंगा नारायण श्रेष्ठले दावी गरिरहेका छन्।
तर मुख्य दावेदारको रुपमा जमकट्टेल र पौडेल देखिएका छन्। पार्टी पोलिटब्युरो सदस्य जमकट्टेल र प्रदेश अध्यक्ष पौडेलले आ–आफ्नो दाबी छोडेका छैनन्। दलको नेता सर्वसम्मत नभएमा चुनावी प्रतिस्पर्धा हुन सक्ने बताइएको छ। दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था भएकाले नेताहरूबीच प्रतिस्पर्धा देखिएको छ। बागमतीमा माओवादीबाट कुल २१ सांसद छन्।































प्रतिक्रिया