काठमाडौं ।
पूर्व संचारमन्त्री गोकूल बाँस्कोटाले नेकपाभित्रको आन्तरिक विवादको समाधान नभएको प्रति लक्षित गर्दै बरु कोरोनाको ओखती पत्ता लाग्ला नेकपाको झगडाको ओखती पत्ता नलाग्ने बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले बिहान कुरा मिले जस्तो हुने तर बेलुका कुरा बिग्रने रोग नेकपामा रहेको पनि बताएका छन् ।
उनले लेखेका छन् :
०५४ को झझल्को पो आउन थाल्यो त नेकपामा । बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती कमसेकम काठमाडौंमा चै नपाइने भो जस्तो छ । बिहान मिलेको कुरा बेलुका भत्काइ दिने कन्ट्रोल कक्ष कहाँ रहेछ।






























प्रतिक्रिया