निर्मला हत्याकाण्डः गृहमन्त्री लामिछानेकाे निर्देशनमा अनुसन्धानका लागि नयाँ समिति गठन

निर्मला हत्याकाण्डः गृहमन्त्री लामिछानेकाे निर्देशनमा अनुसन्धानका लागि नयाँ समिति गठन

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमक्ष नेपाल प्रहरीले निर्मला पन्त हत्याकाण्डको अनुसन्धान प्रगतिबारे ब्रिफिङ गरेको छ। 

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण क्रममा गृहमन्त्री लामिछानेलाई प्रहरी महानिरीक्षक, अतिरिक्त महानिरीक्षक, नायब निरीक्षकसहितको टोलीले हालसम्म भएका अनुसन्धान प्रगतिबारे ब्रिफिङ गरेको हो। स्रोतका अनुसार हालसम्म सो प्रकरणमा प्रहरीले ११५ जना शंकास्पदको डीएनए जाँच गरेको छ, तर कोहीसँग मिलेको तथ्यांक भने छैन । घटनाको अनुसन्धान अहिले पनि जारी रहेको तर कुनै निस्कर्षमा पुग्न नसकेको प्रहरी नेतृत्वले बताएको थियो । 

साथै साे प्रकरणमा अनुसन्धानका लागि गृहमन्त्री लामिछानेको निर्देशनमा नयाँ समिति गठन गरिएकाे छ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु छन् ।

Logo