नेपाल टी–ट्वान्टी लिगः आज दुई खेल हुँदै

नेपाल टी–ट्वान्टी लिगः आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा शनिबार पनि दुई खेलहरु हुँदैछन् ।

दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । शनिबारको पहिलो तथा प्रतियोगिताको पन्ध्रौं खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । पाँच खेलमा अपराजित लुम्बिनी छैठौं जित निकाल्ने योजनामा छ । लुम्बिनी ५ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । छ खेलमा एक जित हात पारेर २ अंक सहित पोखरा ६ खेलबाट अंक तालिकाको पाँचौ स्थानमा रहेको छ । दुई टिमबिच यही संस्करणको पहिलो भेटमा लुम्बिनी ३ विकेटले विजयी भएको थियो ।

आज नै हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ। चार खेल खेलेर ३ जित हात पारेको जनकपुर चौथो जितको खोजीमा रहेको छ । जनकपुर ४ खेलमा ६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । चार खेल खेलेर दुई जित हात पारेको विराटनगर तेस्रो जितको खोजीमा रहेको छ । विराटनगर ४ खेलमा २ अंकका साथ अंक तालिकाको चौतो स्थानमा रहेको छ । दुई टिमबिच यही संस्करणको पहिलो भेटमा जनकपुर ६ विकेटले विजयी भएको थियो ।

Skip This
Skip This
Logo