लुम्बिनीद्वारा पोखरासामु १२७ रनको लक्ष्य प्रस्तुत

लुम्बिनीद्वारा पोखरासामु १२७ रनको लक्ष्य प्रस्तुत

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा लुम्बिनी अल स्टार्स १२७ रनमा अलआउट भएको छ ।

शनिबार बिहान पोखरा एभेन्जर्ससंग भएको खेलमा लुम्बिनी १९.५ ओरभमा १२७ रनमा अलआउट भएको हो । त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीका लागि हरमित सिंहले सर्वाधिक ३८ रन बनाए । पोखराका लागि विपिन खत्रीले ३, जाहिर खानले ३ विकेट हात पारे । लगातार पाँच खेल जितेको लुम्बिनी आज छैटौं जितको खोजीमा छ । पोखराले भने छ खेलबाट एउटा खेलमात्रै जितेको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा गत शनिबारदेखि सञ्चालन भएको नेपाल टी–२० लिगमा ६ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड रहेका छन् । पहिलो हुने टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ । प्लयेर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । यसका साथै इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् । 

Logo