ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री रवि

ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री रवि

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका रवि ओलीलाई भेट्न दिउँसो बालकोट पुगेका हुन् । सत्तारुढ दलहरूले मन्त्रालयको भागबण्डा टुंगो लागिनसकेका कारण छलफल गर्दै आएका छन् । ओलीसँगको भेट पनि मन्त्रालयको भागबण्डालगायत विषयमा केन्द्रित भएको स्रोतले जनाएको छ ।

शनिबार बिहान प्रचण्डसँगको भेटमा गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन गठन गरेको विज्ञ टोलीलगायत विषयमा छलफल भएको थियो ।

Logo