माओवादी बागमती प्रदेशको दलका नेतामा जम्मकट्टेल

माओवादी बागमती प्रदेशको दलका नेतामा जम्मकट्टेल

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् । 

बागमती प्रदेशका इञ्चार्जलगायतका शीर्ष नेताहरुको उपस्थितिमा आज सम्पन्न बैठकले दल नेतामा जम्मकट्टेललाई चयन गरेको हो । उनी यसअघि पनि दलको नेता नै थिए । हाल पनि उनी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीका रुपमा कार्यरत छन् । 

हिजो र आजको छलफलपछि माओवादी केन्द्रका पालिटब्यूरो सदस्यसमेत रहेका जम्मकट्टेललाई संसदीय दलको नेतामा चयन गरिएको प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए । 

बागमती प्रदेशसभामा धादिङ क्षेत्र नं १ प्रदेशसभा २ बाट १९ हजार नौ सय २९ मतका साथ निर्वाचित भएका जम्मकट्टेल संविधानसभा सदस्यसमेत हुन् । संसदीय दलको नेतामा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी थियो । प्रदेशसभामा माओवादी केन्द्रका २१ सांसद छन् ।

Logo