पोखरामा जारी २२ औं संस्करणको आहा–रारा पोखरा गोल्डकपमा आइतबार मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रि–क्वार्टर फाइनल अन्तरगतको यो दोस्रो खेल दिउँसो २ बजेबाट पोखरा रङ्गशालामा सुरु हुने आयोजक साहरा क्लब पोखराले जनाएको छ । आजको विजेता टोलीले सेमीफाइनल खेलमा स्थान पक्का गर्ने छ। सेमीफाइनलमा प्रवेश गर्ने अर्को समूह पुस १९ गतेको खेलबाट टुङ्गो लाग्ने छ। उक्त दिन मनाङ मर्स्याङ्दी क्लब र भुटानिज यूथ स्पोर्ट्स क्लब, मिन्नेसोटा अमेरिकाबिच खेल हुने छ। यो समूहबाट जाने टोलीको सेमिफाइनल खेल पुस २१ गतेका लागि राखिएको छ। गोल्डकपको फाइनल खेल पुस २३ गते गर्ने गरी ‘टाइसिट’ तयार पारिएको छ।
पुस २३ गतेसम्म हुने प्रतिस्पर्धामा आयोजक सहारा क्लब, धरान फुटबल क्लब, सङ्कटा क्लब, मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, भुटानिज यूथ स्पोर्ट्स क्लब, मिन्नेसोटा अमेरिका तथा विभागीय क्लबहरू नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लब सहभागी छन्।





























प्रतिक्रिया