लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण

लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

न्युर्योक ।

वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका महतले आफू र श्रीमतीलाई कोरोना संक्रमणले आक्रमण गरेको उल्लेख गरेका छन । सामाजिक सन्जालमार्फत आफू र श्रीमती नै कोरोनाका शिकार भएको उनले जानकारी गराए ।

ध्यान राख्दा राख्दै दुर्भाग्यबस कोरोना हुनबाट जोगिन नसकेको उनले उल्लेख गरेका छन् ।

महतले फेसबुकमा लेखेका छन्, 

समुदायका सम्पुर्ण दिदीबैनी दाजुभाई तथा ईष्टमित्रहरू मा हार्दिक अपिल ।यदि हामिले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी कोरोना ले हमि कसैलाई पनि अछुतो बनाऊने वाला छैन । ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान श्रीमति पनि यसबाट बंच्न सकेनौ ।हामि अहिले आफ्नै घरको एक एक कोठा मा आईसोलेसन मा छोरा डा. सरगम महत को निरिक्षण र निगरानी मा बसेकाछौं।

यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्तिपनि शर्मनमानिकन यो रोग लाई गोप्य नराखी समुदायलाई सु-सुचित हुने मौका दिनु हुनेछ भन्ने पुर्ण बिश्वास का साथ हजुरहरू मा हार्दिक अनुरोध गर्दछु।ईमान्दारिता ले गर्दा देश,समुदाय , स्वास्थ्यकर्मि र बिश्वस्वास्थ्य संगठन प्रति नै सहयोग पुग्नजानेछ।जय पशुपतिनाथ।

 

Logo