मन्त्रिपरिषद् विस्तार हुन अझै १०-१५ दिन लाग्‍न सक्ने संकेत

मन्त्रिपरिषद् विस्तार हुन अझै १०-१५ दिन लाग्‍न सक्ने संकेत

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले मन्त्रिपरिषद् विस्तारको काम अझै १०/१५ दिन लाग्न सक्ने संकेत गरेका छन् ।

खेलकुदमन्त्री हाल नभएको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रह समेत गरे । 

अध्यक्ष आलीले खेलाडीहरुले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उनीहरुको सो माग सरकारसमक्ष पु-याउन आफू लागिपर्ने आश्वासन समेत दिए । नयाँ खेलकुद मन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने उनको भनाई थियो । 

उनले भने, ‘अहिले त खेलकुद मन्त्री नै छैन । केही दिन भित्र भन्दा पनि १०–१५ दिन लाग्न पनि सक्छ । खेलकुद मन्त्री आउन । तर १०/१५ दिन पछि भएपनि म खेलकुद मन्त्री जो बन्ला, उसलाई पनि यो तपाईहरुको कुरा भन्छु । खेलाडीहरुको भनाई छ–खेल क्षेत्रलाई सरकारले हेरोस् । त्यो कुरा म सरकारसँग राख्छु ।’ 

अध्यक्ष ओलीले प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी भएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाली खेलाडीहरुले पनि आफूलाई अगाडि बढाउनुपर्ने धारणा राखे । साथै उनले फुटबल जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने टिप्पणी गर्दै खेलेमा एलोकार्ड र रेडकार्ड पाएर आउट हुनेसमेत बताए । त्यस अवसरमा उनले सो एकेडेमीलाई अक्षय कोष स्थापना गर्न ढिलाई नगर्न आग्रह गर्दै आफूले २ लाख नगद राशी सहयोग गर्ने घोषणा गरे । 

Logo