राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले लगातार तेस्रो जित निकालेको छ ।
सोमबार भएको पहिलो खेलमा पोखराले काठमाडौं नाइट्सलाई ५ विकेटले पराजित गरेको हो । काठमाडौंले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा उपुल थरंगा र सुमित मर्हजनले अर्धशतक बनाए । मर्हजन रनमा ७६ मा आउट हुँदा रहँदा थरंगा ५८ रनमा आउट भए । महर्जनले ७ चौका र ३ छक्काको सहयोगमा ७६ रन बनाएका थिए । कुशल मल्ल १४ रनमा अविजित रहे । काठमाडौंका लागि कमल सिंह ऐरीले ३ तथा अबिनाश बोहोरा, अनिल खरेलले समान १÷१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । काठमाडौंका एलेक्स ब्लेकले बिष्फोटक ब्याटिङ गरेका थिए । काठमाडौंका लागि एलेक्स ब्लेकले २८ बलमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । उनले २३ बलमा अर्धशतक बनाएका हुन् । यस प्रतियोगितामा नै यो सर्वाधिक छिटो अर्धशतक हो । उनले ३ चौका र ७ छक्का प्रहार गरे । सुनाम गौतमले ४५ तथा विरनदिप सिंहले ३२ रन बनाए । पोखराका लागि तुलबहादर थापाले २ तथा प्रतिस जिशि र कुशल मल्लले समान १÷१ विकेट लिए ।
छ खेल खेलेको काठमाडौं ६ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा कायमै रहेको छ । आठ खेलमा तीन जित हात पारेको पोखरा छ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ । यही संस्करणको पहिलो भेटमा काठमाडौंले पोखरालाई हराएको थियो । प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।





























प्रतिक्रिया