एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज पनि बस्दै छ । 

११ बजे बस्ने बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउनेछ । पोलिटब्यूरो बैठकमा आज बाँकी नेताले धारणा राख्ने छन् । आज बस्ने पोलिटब्यूरो बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउनेछ । पोलिटब्यूरो बैठकमा आज बाँकी नेताले धारणा राख्ने छन् । हिजो ३० नेताले आफ्नो धारणा राखेका थिए । वामपन्थी शक्तिसँग एकताका विषयमा प्राथमिकता दिनुपर्नेमा अधिकांश नेताको साझा धारणा देखिएको छ ।

बैठकमा अध्यक्ष माधव कुमार नेपालले सरकारमा नजाने प्रस्ताव पेश गरेका छन् । नेपालले पछिल्लो पटक नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुको कारण र सो गठबन्धन कायम हुन नसकेपछि विकास भएको राजनीतिक घटनाक्रमका बारे जानकारी गराउँदै प्रतिगमन र पुनरुत्थानवादीको जगमा उभिएको वर्तमान सरकारमा पार्टी सहभागी हुन नहुने प्रस्ताव राखे । उनले पार्टीलाई सबल बनाएर शक्ति निर्माणका लागि आवश्यक नीति तथा कार्ययोजनामा जोड दिएका छन् । शनिबार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्यूरो सदस्यको सुझाव बुझ्न उक्त बैठक बोलाइएको थियो । 

Logo