नेपाल टी–ट्वान्टी लिगमा फिक्सिङको आरोप

नेपाल टी–ट्वान्टी लिगमा फिक्सिङको आरोप

केन्द्रबिन्दु
0
Shares

नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सेनाले लिगमा फिक्सिङ भएको आरोप लगाएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगितामा फिक्सिङ भएको तिमिल्सिनाले बताएका हुन् । ‘मैले नेपाली क्रिकेटमा यस्ता घटनाहरू देखे जुन पहिले कहिले देखेको थिएन । सन् २०१७ भारतीयहरूले आयोजना गरेको एसियन प्रिमियर लिगमा फिक्सिङ भएको थियो । मलाई क्यान नै लागेपछि क्रिकेट सफा हुन्छ भन्ने लागेको थियो । तर, यसमा भएन,’ सचिनले भने । सचिनले लिगमा हुने फिक्सिङले खेलको नतिजामा असर नपर्ने भए पनि खेलको बीचमा हुने क्रियाकलापमा असर पर्ने गरी फिक्सिङ भइरहेको बताए । ‘खेलको पुरै फिक्सिङ छ । यसले खेलको रिजल्टमा कुनै असर पार्दैन । तर, खेलको बीचमा हुने क्रियाकलपमा भने असर पर्छ,’ उनले भने ।

उनले कप्तानको छनोटदेखि खेलाडीको प्रर्दशनसम्म आशंका गर्ने धेरै ठाउँ रहेको उल्लेख गर्दै टिम म्यानेजरहरुको भुमिका समेत बदनियतपूर्ण देखिएको बताएका छन् । उनले घटनाबारे क्यान, एन्टिकरप्सन अफिसरदेखि विभिन्न निकायलाई बताएपनि कुनै पहल नभएको गुनासो गरेका छन् । ‘नेपाल टी ट्वान्टी लिग करप्सन र फिक्सरको हातमा गएको छ । यो नेपाली क्रिकेटलाई बिगार्ने महत्वपुर्ण कुरा हो ।’ उनले भनेका छन् ।

क्यान मुख्य आयोजक रहेको नेपाल टी–ट्वान्टी लिग सुरुवातदेखिनै विवादमा छ । बेटिङ कम्पनी सेभेन थ्री स्पोर्टसलाई कमर्सियल अधिकार दिएर क्यानले प्रतियोगिताको आयोजना गरेको हो । टिम मालिकलाई समेत गोप्य राखेर सञ्चालन गरिएको प्रतियोगितामा फिक्सिङको आशंका सुरुवातदेखिनै हुदै आएको थियो । प्रतियोगिताको मध्यान्तरमा आएर कमेन्टेटरलेनै यस विषयमा मुख खोलेका छन् । आज नै जारी प्रतियोगितामा पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा खेल टस नहुँदै खेल अन्योलमा परेको छ ।

Skip This
Skip This
Logo