खेलाडी र क्यान पदाधिकारीबीचको छलफलपछि आजको खेल शुरु

खेलाडी र क्यान पदाधिकारीबीचको छलफलपछि आजको खेल शुरु

केन्द्रबिन्दु
0
Shares

नेपाल टी २० लिग क्रिकेट प्रतियोगिता अन्तर्गत विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीचको खेल शुरु भएको छ ।

काठमाडौंले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । बिहान ९ बजे शुरु हुने भनिएको खेल खेलाडीले पारिश्रमिक पाउने सुनिश्चितता हुनुपर्ने माग गर्दै यसअघि दुबै टोलीले टस गर्न मानेका थिएनन् । दुबै टोली र क्यान पदाधिकारीबीचको छलफलपश्चात खेल शुरु भएको हो ।  खेल नौ ओभरको हुने जनाइएको छ । काठमाडौं ६ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने विराटनगर ४ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।

Skip This
Skip This
Logo