कुखुराको मासुको मूल्य घट्याे

कुखुराको मासुको मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले लकडाउन खुकुलो बनाएपछि मासुको मूल्य घट्न थालेको छ । लकडाउनका कारण आपूर्ति नहुँदा महँगो भएको मासु लकडाउन खुलेपछि आपूर्ति सहज भएसँगै मूल्य घट्न थालेको हो ।

शुक्रबारदेखि लागू हुने गरी कुखुराको मासुको मूल्य घटेको पोल्ट्री संघले जनाएको छ । संघले शुक्रबारदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । संघका अनुसार कुखुराको मासु प्रतिकेजी ३ सय ३० रुपैयाँ तोेकिएको छ ।

लकडाउनका कारण आपूर्ति नहुँदा कुखुराको मासुको मूल्य ४ सयको हाराहारीमा पुगेको थियो । साउन दोस्रो सातादेखि बजारमा कुखुराको आपूर्ति पनि बढेको छ । आपूर्ति बढेसँगै मासुको मूल्य घटेको छ । संघका अनुसार जिउदोको मूल्य प्रतिवटा ३० रुपैयाँले घटेको छ ।

Logo