नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईबीच छिट्टै एकता हुने भएको छ । नेपाल समाजवादीको आगामी पुस २४ गतेको राजनीतिक समितिको बैठकपछि पार्टी एकता हुने भएको नेताहरुले बताएका छन् ।
प्रचण्ड–बाबुरामबीच गत साउन ३१ गते एउटै चुनाव चिह्न र घोषणापत्र लिएर जाने सहमति भएको थियो । राजनीतिक समितिको बैठकपछि दुबै पक्षबाट समिति बनाएर माघभित्रै एकता गर्नेतिर जानुपर्ने नेता गंगानारायण श्रेष्ठले बताए । नेपाल समाजवादीका सांसद माओवादीका हुने भएकाले पार्टी एकता गर्न ढिला गर्न नहुने भन्दै बाबुराममाथि नेताहरूले दबाब बढाएका छन् ।
अरु देशभक्त कम्युनिस्ट पार्टीसँग पनि सहकार्य गरेर जाने योजना बनाइएको श्रेष्ठले बताए । त्यसमा एमाले, एकीकृत समाजवादी र जसपा लगायतका दललाई समेट्न सकिने उनको भनाइ छ ।































प्रतिक्रिया