राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल (थापा)ले स्थानीय तह, प्रदेशसभा र राष्ट्रियसभाबीचको जीवन्त सहकार्यका लागि एउटा छुट्टै बैधानिक फोरम आवश्यक रहेको बताएकी छिन ।
स्थानीय तह र प्रदेशसभा सदस्यहरुबाट राष्ट्रियसभाका सांसदहरु निर्वाचित हुने भएकाले उनीहरुबीचको सहकार्य र समन्वयलाई जीवन्त बनाउन एउटा छुट्टै बैधानिक फोरम बनाउनुपर्ने उनको तर्क छ । मंगलबार काठमाडौंमा आयोजित ‘प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा सभापति थापाले संघीयताको प्रतिकको रुपमा रहेका तीन वटै तहबीच जीवन्त सम्बन्ध कायम गर्न पनि त्यस्ता खालका फोरम आवश्यक पर्ने भएकाले आगामी दिनमा त्यसको व्यवस्था हुनुपर्ने बताइन ।
सभापति रावलले विगतमा पनि राष्ट्रियसभा र त्यसका विषयगत समितिहरुले प्रदेशसभाको कामलाई प्रभावकारी बनाउन सहकार्यमा जोड दिएको स्मरण गराइन् ।





























प्रतिक्रिया