प्रधानमन्त्री प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्। उनीहरूबीच मन्त्रिमण्डल विस्तार, राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दियो। उनीहरूबीच सरकारले ल्याउने भनेको साझा कार्यक्रमहरूका विषयमा पनि छलफल भएको हो।

माओवादी नेता एवं प्रवक्ता कृष्णबहादुर महरासमेत बालुवाटारमै रहेको स्रोतले बतायो।

Logo