युरोपमा मेरो भुमिका सकियोः रोनाल्डो

युरोपमा मेरो भुमिका सकियोः रोनाल्डो

केन्द्रबिन्दु
0
Shares

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले युरोपमा आफ्नो भुमिका सम्पन्न भएको बताएका छन् ।

साउदी अरेबियामा अल नसरका समर्थकहरुलाई आधिकारिक रूपमा सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले नयाँ चुनौती सामनाको लागि तयार रहेको बताए । ‘अहिलेसम्म म धेरै राम्रो महसुस गर्दैछु, म मेरो जीवनमा यो ठूलो निर्णय लिएकोमा मा गर्व गर्छु’ उनले भने ‘युरोपमा मेरो भुमिका सकियो मैले सबै जितेँ मैले सबैभन्दा महत्वपूर्ण क्लबहरुका लागि खेलें र मेरो लागि यो नयाँ चुनौती हो ।’ प्रसिद्ध पोर्चुगिज स्टार ‘सिआर–७’ हेर्न रियादको म्रसुल पार्कमा समर्थकहरू भेला भएका थिए ।

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि साउदी अरेबियाको क्लबमा सामेल भएका फरवार्ड सूट लगाएर स्टेडियममा आएका थिए । ‘उनीहरू (मेरो परिवार) खुसी छन् । जब म मेरो निर्णय लिन्छु, मेरो परिवारले मलाई सधैं समर्थन गर्छ, विशेष गरी मेरा बच्चाहरू र मेरी श्रीमतीले पनि’ उनले थपे ‘म धेरै खुसी छु, हिजोको स्वागत अचम्मको थियो । हामी यहाँ राम्रो महसुस गरेका छौ । मानिसहरू म र मेरो परिवारसँग मायालु छन् त्यसैले म साँच्चै गर्व गर्छु ।’

क्लबले उनलाई बार्षिक रुपमा २ सय मिलियन पाउन्ड खर्च गर्नेछ । रोनाल्डोको टोली अल नसर साउदी प्रो लिगको शीर्ष स्थानमा रहेको छ । उसले ११ खेलमा ८ जित र २ बराबरीका साथ २६ अंक बटुलेको छ । १ खेल कम खेलेको अल–शबाब भन्दा एक अंकले अगाडि छ । प्रिमियर लिग जस्तै साउदी प्रो लिगको सिजन मेको अन्त्यमा समाप्त हुनेछ । लिगको विजेता एएफसी च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट हुनेछ ।

Logo