आर्सनल र न्युक्यासल गोलरहित बराबरीमा रोकिए

आर्सनल र न्युक्यासल गोलरहित बराबरीमा रोकिए

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल र न्युकासल युनाइटेडले गोलरहित बराबरीमा रोकिएका छन् ।

आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन् । खेलमा जित निकाल्दै १० अंकको अग्रतासहित शीर्ष स्थानमा रहन सक्ने अवसर भए पनि न्युकासलको बलियो चुनौतीसामु आर्सनल एकै अंकमा चित्त बुझाउन बाध्य रह्यो । आर्सनल ४४ अंकमा लिग तालिकाको शीर्ष स्थानमा छ । म्यानचेस्टर सिटी ३६ अकं सहित देस्रो र ३५ अंक जोडेको न्युकासल तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको पनि ३५ अंक भएको छ ।
 

Skip This
Skip This
Logo