एमाले मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज यादव

एमाले मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज यादव

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) मधेश प्रदेशको संसदीय दलको नेतामा सरोज कुमार यादव चयन भएका छन्।

बुधवार बिहान जनकपुरधाममा बसेको पार्टी कमिटीको बैठकले यादवलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो। त्यस्तै, दलको उपनेतामा भने धनुषाका दिपेन्द्र ठाकुर चयन भएका छन्। मंगलवारदेखि जारी बैठकमा आकांक्षीहरु बढी भएको र दलको नेताका लागि सबैले आ–आफ्नै दाबी प्रस्तुत गरिरहँदा सहमति नजुटेपछि बुधवार बिहान पुनः बसेको बैठकबाट दलको नेतामा सहमति जुटेको बताइएको छ।

दलको नेताका लागि रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदा देवी थापा लगायतका नेताहरु दाबेदार थिए। एमालेका केन्द्रीय सदस्य समेत रहेका नेता यादव महोत्तरी क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित भएका हुन्। उपनेता ठाकुर भने धनुषा ३ (ख) बाट निर्वाचित भएका हुन्।  मधेश प्रदेशसभामा एमालेका २३ जना सांसद निर्वाचित भएका छन्।

Skip This
Skip This
Logo