उपप्रधानमन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तो

उपप्रधानमन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तो

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता  भएको छ । 

सिंहदरवारस्थित मन्त्रालयमा बुधबार भएको भेटमा राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । 

सोही क्रममा भारतको सहयोगमा भइरहेका विकास निर्माण कार्यमा चासो राख्दै राजदूत श्रीवास्तवले  नेपालको विकास र समृद्धिका लागि भारतले निरन्तर सहयोग गरिरहने बताए ।साथै केही आयोजनामा देखिएका समस्या समाधानका विषयमा पनि मन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

 राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तोसमेत दिएका छन् ।

Logo