काठमाडौंमा जारी नेपाल टी–२० क्रिकेट लिगअन्तर्गत बुधबार भएको खेलमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई १०२ रनले पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडाैं १५ ओभर ४ बलमा ८१ रन जोडेर अलआउट भयो । काठमाडौंका लागि बसिर अहमदले २२, कमलसिंह ऐरीले १६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रन जोडेका थिए ।
काठमाडौंलाई पराजित गर्ने क्रममा लुम्बिनीका कुशल भुर्तेल, इशान पाण्डे र ह्यारी टेक्टरले समान दुई/दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो । लुम्बिनीका लागि हरमित सिंहले ७० रनको अर्धशतकीय ईनिङ खेले । साथै लाहिरु मिलान्थाले २६ रन तथा गुलसन झाले २१ रन जाेडे ।
याेसँगै नौ खेलमा सातमा जित हात पारेको लुम्बिनी १६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा रहेको छ।





























प्रतिक्रिया