एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ ।

उक्त पार्टीको प्रचार विभागका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केही बेरमा बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेका थिए । सिंहदबारमा भएको भेटमा प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर निर्णय दिने जवाफ दिएका थिए । सोही विषयमा छलफलका लागि बैठक बोलाइएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले यही पस २६ गते विश्वासको मत लिदैछन् । एकीकृत समाजवादीको पोलिट्ब्यू्रो बैठकमा सरकारमा सहभागिता वा समर्थनको विषयमा निर्णय गर्ने अधिकार केन्द्रीय सचिवालयलाई दिएको थियो ।

Logo