राष्ट्र बैंकले संशोधन गरेको चालुपुँजी कर्जा मार्ग प्रदर्शन स्वागतयोग्य छः अध्यक्ष गोल्छा

राष्ट्र बैंकले संशोधन गरेको चालुपुँजी कर्जा मार्ग प्रदर्शन स्वागतयोग्य छः अध्यक्ष गोल्छा

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालुपुँजी कर्जा मार्ग प्रदर्शन स्वागतयोग्य रहेको बताएका छन् । 

बिहीवार जुत्ता उत्पादक संघ नेपालले आयोजना गरेको १६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीमा कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालुपुँजी कर्जा मार्ग प्रदर्शन स्वागतयोग्य रहेको बताएका हुन् । उनले उद्योगी व्यवसायीका समस्या चालुपुँजी कर्जा मार्ग दर्शनमा केही नीतिहरु परिमार्जनले मात्रै अर्थतन्त्रमा देखिएका चुनौतिको सामान गर्न नसक्ने बताए ।

अध्यक्ष गोल्छाले सरकारले बजारमा देखिको उच्च बैंकको ब्याजदर कम गर्ने,तरलता सहज बनाउने लगायतका काम गर्नुपर्ने उल्लेख गरे । उनले नयाँ सरकारले निजी क्षेत्रका समस्या समाधान गर्न धेरै चुनौति रहेको बताए । उनले खुला सीमानाबाट अनाधिकृत रुपमा भइरहेको आयातका कारण सरकारको राजश्व संकलनको लक्ष्य भन्दा तल पुगेको बताए । 

अध्यक्ष गोल्छाले राजश्व संकलन २५ प्रतिशत कमी आउँदा राज्य सञ्चालनमा समेत समस्या भइरहेको अवस्था रहेको दाबी गरे । उनले नेपालको अर्थतन्त्रलाई योगदान गर्ने प्रमुख क्षेत्र जुत्ताचप्पल उद्योग पनि भएको बताए । उनले जुत्ता चप्पल क्षेत्रमा आत्मनिर्भर भएकाले चुत्ता आयात गर्नुपर्ने अवस्था नभएको बताए । जुत्ता चप्पल उद्योगमा देखिएका समस्या समाधान सरकारले तत्काल गर्नु आवश्यक रहेको उनले बताए । 
 
त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले जुत्ता चप्पल उद्योगका लागि आवश्यक नीतिहरु स्पष्ट नभएको कारण समस्यामा परेको बताए । उनले भारतीय खुला सीमानाबाट जुत्ताचप्पल नेपाल आउने भएकाले उद्योगीहरु समस्यामा रहेको बताए । उनले सरकारले खुला सीमानाबाट हुने चोरीपैठारी नियन्त्रण गरी राजश्वको दायरामा ल्याउनुपर्ने बताए । नयाँ सरकारले विधिको शसनलाई कार्यान्वयनमा ल्याउन सक्नुपर्ने उनले उल्लेख गरे । 

अध्यक्ष मल्लले नेपालमा उत्पादित जुत्ताचप्पल निर्यातमा प्रोत्साहन गरी विदेशी ब्राण्डलाई नेपालमा ल्याउन सक्नुपर्ने बताए । 
 
कार्यक्रममा बोल्दै जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरेले जुत्ता चप्पल उद्योगको लागि नीति तथा कार्यक्रम ल्याएपनि कार्यान्वयन फितलो रहेको बताए । उनले सरकारको नीति नियम कार्यान्वयन प्रभावकारी नहुँदा र चोरीपैठारीको सामान नेपालमा आउँदा जुत्ता उद्योगहरु पूर्णरुपमा सञ्चालनमा आउन नसकेको बताए । बैंकको चर्को ब्याजर,तरलताको अभावको कारण उद्योगीहरु समस्यामा परेको उनले बताए ।
 
नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला शुरू भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेका छन् । प्रदर्शनीमा कुल एक सय ७० स्टल छन् । स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा ४० विदेशी कम्पनी रहेको छन् । 

Skip This
Skip This
Logo