सरकारकाे न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक जारी

सरकारकाे न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक शुरु भएको छ । 

शुक्रवार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुरु भएको हो । कार्यदलले आजै सो मस्यौदालाई अन्तिम रुप दिने र एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गर्ने बताइएको छ । सरकारले यही पुस २६ गते विश्वासको मत लिनेछ । सो भन्दाअघि नै सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको हाे ।

एमालेका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री पौडेल, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलसमशेर राणा र जनता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ सो कार्य दलमा रहेका छन् । 

सत्तारुढ गठबन्धन सरकारले विश्वासको मत लिएपछि मन्त्रीपरिषद् बिस्तार गर्ने तयारीमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बनेको सरकारमा हाल ८ सदस्यीय मन्त्रीमण्डल रहेको छ ।

Skip This
Skip This
Logo