स्ववियू निर्वाचन प्रस्तावित मितिमै गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण

स्ववियू निर्वाचन प्रस्तावित मितिमै गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

अनेरास्ववियू केन्द्रीय कमिटीले स्ववियू निर्वाचन प्रस्तावित मितिमै गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार बिहान केन्द्रीय अध्यक्ष सुदन पराजुलीको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेर सो ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्रमा आम विद्यार्थीहरूको हक, अधिकार र प्रतिष्ठाको पैरवीकर्ता स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नभएको १४ वर्ष भइसकेको आस्थामा पनि निर्वाचन हुने निश्चित नभएकोले प्रस्तावित मिति (चैत्र ५ गते) नै निर्वाचन हुने सुनिश्चितता गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको छ । 

‘प्रधानमन्त्रीको जिम्मेवारीले सबै विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यथासक्य घोषणा गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न निर्देशन गरिदिनुहुन सम्माननीय प्रधानमन्त्री समक्ष अनेरास्ववियू केन्द्रीय कमिटी हार्दिक अनुरोध गर्दछ ।’ ज्ञापन पत्रमा भनिएको छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले समानुपातिक स्ववियु निर्वाचनको सन्दर्भमा सरोकारवाला निकायसँग छलफल गरी आवश्यक निर्णय गर्ने बताएको अनेरास्ववियूका प्रवक्ता मिलन राईले जानकारी दिए ।

Logo