कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा जारी

कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा जारी

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेस संसदीय दलको बैठक अहिले सिंहदरबारमा जारी छ। काँग्रेसले नयाँ सरकार बनाउन नसकेपछि प्रतिपक्षमा रहेर आफ्नो भुमिकालाई कसरी अघि बढाउने भन्ने बारेमा रणनीति तयार पार्न बैठक बसेको हो । 

तत्कालीन गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ प्रधानमन्त्रीमा पुस २६ गते विश्वासको मत लिँदै गर्दा काँग्रेस अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन व्यस्त छ । प्रतिपक्षमा रहेर आफ्नो भुमिकालााई कसरी अघि बढाउने भन्ने निर्णय संसदीय दलको बैठकले गर्नेछ ।

प्रधानमन्त्री दाहालले नेपाली काँग्रेसलाई पनि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् । काँग्रेसका शीर्ष नेताहरुले भने राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।    

Logo