काठमाडौं ।
लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले विहिबार नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको भाउ प्रतितोला १ लाख २ हजार ५०० छ । यो अहिले सम्मकै नयाँ रेकर्ड हो । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसन्दर बज्राचार्यले विश्व बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेकाले माग बढ्न जाँदा मूल्यवृद्धि भएको बताए । विश्वका ठूला बैंकहरुमा निक्षेप जम्मा भएको अवस्थामा लगानीकर्ताहरुले सुन बजारलाई सुरक्षीत क्षेत्रको रुपमा अंगाल्दै लगानी बढाएको उनले बताए ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकाशिने क्रम नरोकिएकाले नेपाली बजारमा पनि यसको असर पर्ने देखिन्छ । महासचिव बज्राचार्यका अनुसार केही दिनभित्रै सुनको भाउ नेपालमा १ लाख ३० हजारसम्म पुग्ने आँकलन गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा २३ सय देखि २५ सय डलरसम्म सुनको मूल्य पुग्ने आँकलन विज्ञहरुले गरेका छन् ।
गतवर्ष साउन २१ गते तोलाको ६८ हजार रुपैयाँमा कारोबार भएको थियो । आज सुन एक वर्षपछि तोलामा ३४ हजार ५ सयले बढेको हो । सुनको मूल्य अत्याधिक बढेपछि किन्नेभन्दा बेच्नेको संख्या बढी रहेको व्यवसायीहरुको भनाइ छ । बुधबार विश्व बजारमा प्रति औंस २ हजार ५५ डलरमा कारोबार भएको थियो । भिडियाे :





























प्रतिक्रिया