सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्न लोसपाको बैठक बस्दै

सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्न लोसपाको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बस्नेछ । बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे छलफल गरिनेछ । यस्तै, पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने बताइएको छ । यसअघिको पाँचदलीय गठबन्धनमा आबद्ध रहेको लोसपाले नयाँ सत्तासमीकरण बनेपछि सरकारलाई समर्थन गरेको छैन ।

प्रतिनिधिसभामा लोसपाबाट चार सांसद छन् । संसद्को नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने तयारी छ ।

Logo