कालिञ्चोक दर्शनको आईपीओ माघ ३ देखि सर्वसाधारणको लागि खुल्ने

कालिञ्चोक दर्शनको आईपीओ माघ ३ देखि सर्वसाधारणको लागि खुल्ने

केन्द्रबिन्दु
0
Shares

दोलखामा सञ्चालित कालिञ्चोक दर्शनले माघ ३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित ८ लाख ९६ हजार ४०० कित्ता सेयर बिक्री खुलाउन लागेको हो । यसअघि, दर्शनले १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकाहरूलाई बिक्री गरिसकेको छ । यस्तै, सामूहिक लगानी कोषका लागि ५४ हजार कित्ता सेयर बिक्री गरिसकेको कम्पनीले कर्मचारीका लागि २१ हजार ६०० कित्ता सेयर बाँडफाँड गरिसकेको जनाइएको छ ।

कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट रहेको छ । आईपीओमा माघ ६ गतेसम्ममा आवेदन दिनुपर्ने छ । उक्त अवधिमा आईपीओ नबिकेमा माघ १७ गतेसम्म समयावधि थप हुने बताइएको छ ।

Skip This
Skip This
Logo