काठमाडौंको शंखरापुर नगरपालिकास्थित बोझेनीमा आन्दोलनमा उत्रिएका स्थानीयमाथि गैरव्यवसायिक अभ्यास गर्ने प्रहरी निरीक्षकमाथि छानबिन सुरू भएको छ ।
शंखरापुर नगरपालिका- ३ बोझेनीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको विद्युतीय सबस्टेसनले विकासका नाममा जनताको थातथलो र आदिभूमि अतिक्रमण गरेको विरोधमा स्थानीय जनताले गरिरहेको आन्दोलनमा पेस्तोल ताकेका प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीमाथि प्रहरीले छानबिन सुरू गरेको हो ।
सहकार्यलाई कुल्चेर विकासका नाममा जनतालाई उठिबास लगाउने, कुनै पनि बस्ती, समुदाय वा स्थानको ऐतिहासिकतालाई नै ध्वस्त गर्ने कार्य स्वीकार्य नभएको भन्दै केही दिनअघि भएको आन्दोलनमा स्थानीयबासीमाथि बौद्ध प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुढाथोकीले कम्मरबाट पेस्तोल निकालेर ताकेको फोटो तथा भिडियोबारे सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । त्यसैबीच बुढाथोकीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा झिकाएर छानबिनको प्रक्रिया अघि बढाइएको प्रवक्ता एसपी मैनालीले जानकारी दिए ।































प्रतिक्रिया