पब्जी विश्वकपमा नेपालको डीआरएस उपविजेता

पब्जी विश्वकपमा नेपालको डीआरएस उपविजेता

केन्द्रबिन्दु
0
Shares

ई–स्पोर्ट्स प्रतियोगिता पब्जी विश्वकपमा नेपाल उपविजेता बनेको छ ।

इन्डोनेसियामा आयोजना भएको विश्वकपमा नेपालको टिम डीआरएस उपविजेता बनेको हो । उपाधि भने टर्कीको एसटूजीले जितेको छ ।उपविजेता बनेको डीआरएसले २ लाख अमेरिकी डलर अर्थात् २ करोड ६५ लाख नेपाली रुपैया बराबरको पुरस्कार पाएको हो ।डीआरएसको टिममा दीपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापती, समीर गुरुङ र संगीन भट्टराई छन् । नेपालको अर्को टिम टीटूकेले १३ औं स्थान हासिल गरेको छ । टीटूकेले २५ हजार अमेरिकी डलर पाएको छ ।

Logo