गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
अधिकारीलाई मुख्यमन्त्रीमा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३३ जनाको समर्थन रहेको छ । ६० सदस्यीय प्रदेश सभामा २७ सिट जितेको पहिलो दल नेपाली कांग्रेस भने प्रतिपक्षमा पुगेको छ ।
अधिकारीले आजै मुख्यमन्त्री पदकाे सपथ लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।





























प्रतिक्रिया