प्रदेश- १ का मुख्यमन्त्री कार्कीले गठन गरे तीन सदस्यीय मन्त्रिपरिषद्

प्रदेश- १ का मुख्यमन्त्री कार्कीले गठन गरे तीन सदस्यीय मन्त्रिपरिषद्

केन्द्रबिन्दु
0
Shares

प्रदेश- १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

प्रदेश प्रमुख पर्शुराम खापुङसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै कार्कीले एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बूलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका हुन् ।

एमालेका मेन्याङ्बो ताप्लेजुङको प्रदेशसभा १ बाट र सिटौला झापा क्षेत्र नम्बर ४ को प्रदेश (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । लिम्बू भने जसपाकी समानुपातिक सांसद हुन् । उनीहरुले पनि मुख्यमन्त्री कार्कीसँगै शपथ लिएका छन् ।

Skip This
Skip This
Logo