विश्वासको मतबारे निर्णय गर्ने एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

विश्वासको मतबारे निर्णय गर्ने एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ ।

संसदीय दलको बैठक अघि एकीकृत समाजवादीको सचिवालय बैठक बस्न लागेको हो । बैठकबाट विश्वासको मतबारे निर्णय गर्ने बताइएको छ । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची छ । संसद बैठक बिहान ११ बजे बोलाइएको छ । कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धनबाट अलग भएर माओवादी अध्यक्ष प्रचण्ड नेकपा एमालेसँग मिलेर प्रधानमन्त्री बनेको भन्दै कांग्रेस र एकीकृत समाजवादी असन्तुष्ट छन् ।

Logo