बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज शपथग्रहण गर्ने भएका छन्।
मंगलबार बिहान साढे ९ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहणको कार्यक्रम रहेको छ। प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउनेछन्। शपथ ग्रहण लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ। एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापालाई सरकारमा लैजाने गरी तयारी भइरहेको स्रोतले जनाएको छ। ७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशसभामा जम्मरकट्टेल ५ दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। उनलाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीका २ गरी ७० सांसदको समर्थन छ।





























प्रतिक्रिया