सरकारका प्रवक्ता एवम् अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले सरकारले अहिले नै पूर्ण लकडाउन नगर्ने बताएका छन् । बिहीबारमन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै खतिवडाले तत्काल नै पूर्ण लकडाउन नहुने बताएका हुन्।
‘अहिले सरकारले जे निर्णय गरेको छ। त्यही निर्णयमा सम्झँदा हुन्छ। जहाँ संक्रमणको जोखिम देख्छ ती ठाउँहरुमा सेवा रोक्नुपर्ने हुन्छ। सरकारले चैत ११ गतेदेखि जसरी पूर्ण लकडाउन भनेर गएका थियौं। त्यो विधिबाट जाने भनेर सरकारले अहिले सोचेको छैन।’ उनले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने बताएका छन् ।
उनले सार्वजनिक यातायात खुल्ने, विद्यालय खोल्ने, हवाइ सेवा सञ्चालनको विषयमा जाने स्थिति नरहेको जस्तो नदेखिएको पनि बताए। उनले केही दिनभित्र सिसिएमसीको बैठक बसेर सबै कुराको समीक्षा गरेर मात्रै निर्णय गर्ने बताए ।





























प्रतिक्रिया