एनभीए भलिबल च्याम्पियनसिपः न्यु डायमण्ड सेमिफाइनलमा

एनभीए भलिबल च्याम्पियनसिपः न्यु डायमण्ड सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

साविक विजेता न्यु डायमण्ड स्पोर्ट्स क्लब सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार एभरेष्ट भलिबल क्लबलाई ३–० को  सोझो सेटमा हराउँदै न्यु डायमण्डले सेमिफाइनलमा स्थान बनाएको हो । न्यु डायमण्डले एभरेष्टलाई २५–७, २५–१० र २५–१२ ले हराएको हो ।

जितसँगै समूह ‘ए’ बाट न्यु डायमण्डले २ खेलमा ६ अंक जोडेको छ । र, न्यु डायमण्ड एक खेल बाँकी रहदै अन्तिम चारमा पुगेको हो । यस समूहबाट नेपाल पुलिस क्लब पनि सेमिफाइनलमा पुगेको छ ।  पुलिसको पनि ६ अंक रहेको छ । यस समूहबाट एभरेष्ट र नयाँ बजार युवा क्लब बाहिरिएको छ । च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ आज ४ खेल हुँदैछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।

विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी(एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।

Logo