नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस सरकारमा च्याँखे थाप्ने नभइ प्रतिपक्षमा बस्ने बताएका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पौडेलले यस्तो बताएका हुन् । उनले प्रतिपक्षमा रहेको दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएपनि पार्टीको निर्णयपछि आफूहरुले विश्वासको मत दिएको बताए । उनले काँग्रेस अझैपनि निरन्तर प्रतिपक्षमा रहने बताए ।
‘मैले व्यक्तिगत रुपमा प्रतिपक्षमा बसेको दलले विश्वासको मत नदिने भनेको थिएँ ।’ उनले भने, ‘दिन मिल्दैन पनि किनभने प्रतिपक्षले सरकारको आलोचना अथवा गुण र दोषको आधारमा बिरोध र समर्थन गर्ने हो भनेर असहमति राखेको थिएँ । तर पार्टीले निर्णय गरेपछि हामीले निर्णय मान्यौँ । नेपाली काँग्रेस पार्टी निरन्तर रुपमा प्रतिपक्षमा नै रहन्छ । सत्तामा काँग्रेस गर्ने सम्भावना छैन ।’
सांसद पौडेलले काँग्रेस प्रतिपक्षमा नै बसेर प्रभावकारी प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताए ।





























प्रतिक्रिया