श्रीलंकासँगको एक दिवसीयमा भारतको विजयी सुरुवात

श्रीलंकासँगको एक दिवसीयमा भारतको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

श्रीलंकासँगको पहिलो एकदिवसीय खेलमा घरेलु टोली भारत विजयी भएको छ ।

मंगलबार राति गुवाहाटीमा भएको खेलमा भारत विजयी भएको हो । भारतले दिएको ३ सय ७४ रनको लक्ष्य पछ्याएको पाहुना टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन मात्र बनायो । कप्तान दासुन शनकाले शतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले १ सय ८ रन बनाए । भारतका उमरान मल्लिकले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए । हार्दिक पाण्ड्या, मोहम्मद सामी र युजभेन्द्र चहलले समान एकरएक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ७३ रन बनाएको थियो । उसका विराट कोहलीले १ सय १३ रनको शतकीय पारी खेले । श्रीलंकाका कसुन रन्जिथाले ३ तथा दिल्शान मधुशंका, चमिका करुणरत्ने, दासुन शनका र धनन्जय डा शिल्भाले समान एकरएक विकेट लिए । जितसँगै भारतले तीन खेलको एकदिवसीय श्रृंखलामा १–० को अग्रता बनाएको छ ।

दोस्रो खेल बिहिबार र तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतबार हुनेछ ।

Logo