खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु

खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

झापामा  खाना नपकाएको निहुँमा श्रीमानले लात्ताले हानेर श्रीमतीको हत्या गरेका छन्।

मंगलबार बेलुकी भोजपुर अरुण गाउँपालिका–१ घर भई झापाको अर्जुनधारा नगरपालिका– ९ खरबन्दिमा डेरा गरी बस्ने बिश्वराज घिसिङले श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन्।

खाना नपकाएको कारण झै–झगडा गरी लात्ताले हान्दा पेटमा लागि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए। प्रहरीले घिसिङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पाठकको भनाइ छ।

Skip This
Skip This
Logo