म्यानचेस्टर सिटी क्वार्टरफाइनलबाटै बाहिरियो

म्यानचेस्टर सिटी क्वार्टरफाइनलबाटै बाहिरियो

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर सिटी इङ्लिस लिग कप (इएफएल)बाट बाहिरिएको छ ।

बुधबार राति भएको क्वार्टरफाइनलमा साउथह्याम्पटनसँग २–० ले पराजित भएसँगै सिटीको उपाधि जित्ने योजनामा असफल भएको हो ।सेमिफाइनल प्रवेश गरेको साउथह्याम्पटनको जितमा सेखु मारा र मौसा डिजेन्पोले गोल गरेका थिए । ग्वार्डिओलाले एर्लिङ हाल्यान्ड, केभिन डि ब्रुयना, बर्नाडो सिल्भा र इन्डरसनलाई पहिलो रोजाईमा राखेका थिएनन् ।

सिटीले शनिबार इङ्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । सोही खेललाई लक्षित गर्दै ग्वार्डिओलाले प्रमुख खेलाडीलाई आराम दिएका थिए । यता, नटिङघम फरेस्टले उल्भ्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
 

Logo