बलिउड अभिनेत्री मलाइका काठमाडौंमा, फेशन शोमा ‘क्याटवाक’ गर्ने

बलिउड अभिनेत्री मलाइका काठमाडौंमा, फेशन शोमा ‘क्याटवाक’ गर्ने

केन्द्रबिन्दु
0
Shares

बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा काठमाडौं आइपुगेकी छन् । 

नेपाल रत्न तथा आभुषण संघले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजना गर्ने ‘चौथो जेम एण्ड ज्वेलरी एक्स्पो’मा सहभागी हुन अभिनेत्री अरोरा नेपाल आएकी हुन् । 

शुक्रवारदेखि आगामी आइतबारसम्म चल्ने उक्त एक्स्पोको बिहीवार साँझ ज्वेलरी फेशन शो हुँदैछ । फेशन शोमा अभिनेत्री अरोराले नेपाली पोशाक तथा गरगहना लगाएर क्याटवाक गर्नेछिन् । 

साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै अभिनेत्री अरोराले नेपाल आउन पाउँदा आफूलाई खुसी लागेको बताइन् । आफू छोटो अवधिका लागि नेपाल आए पनि भरपुर रूपमा समयको सदुपयोग गर्ने उनको भनाई थियो । 

Logo