सभापति पन्थको गुनासोः संसदीय समितिकाे निर्देशन सरकारले पालना गरेन

सभापति पन्थको गुनासोः संसदीय समितिकाे निर्देशन सरकारले पालना गरेन

केन्द्रबिन्दु
0
Shares

दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थले संसदीय समितिहरुले दिएका अधिकांश निर्देशन सरकारले पालना नगरेको गुनासो गरेका छन् । 

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति पन्थले संसदीय समितिहरुले दिएका अधिकांश निर्देशन सरकारले पालना नगरेको स्वीकार गरेका हुन् । उनले राष्ट्रिय सभा र प्रतिनिधि सभाका १६ वटा संसदीय समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन नगरेको पाइएको बताए । 

उनले संसद र सरकार दुई फरक संस्था भएकाले एकले अर्काको क्षेत्राधिकार नमिचिने गरी निर्देशन हुँदा मात्रै कार्यान्वयन हुने गरेको बताए । उनले कारले गर्ने काम समितिले गर्न खोज्दा निर्देशन दिँदा कार्यान्वयन नहुने गरेको बताए । 

सभापति पन्थले समितिले क्षेत्राधिकार नमिचिने गरी संसद आफ्नो क्षेत्रभित्र रहने गरी र सरकार संसदप्रति उत्तरदायी रहने गरी निर्देशन गर्नसके पालना हुने बताए । उनले समितिले निर्देशन दिँदा प्रमाणका आधारमा अध्ययन गरेर निर्देशन गर्नसके प्रभावकारी हुने बताए ।

Skip This
Skip This
Logo