सभामुख निर्वाचनका लागि कांग्रेसले अन्य दलसँग छलफल गर्ने, जिम्मा देउवालाई

सभामुख निर्वाचनका लागि कांग्रेसले अन्य दलसँग छलफल गर्ने, जिम्मा देउवालाई

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचनका विषयमा अन्य दलहरूसँग छलफल गर्ने भएको छ।  

बिहीबार दिउँसो धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुखको निर्वाचनमा उम्मेदवार उठाउने/नउठाउने विषयमा संसदमा रहेका अन्य राजनीतिक दलहरूसँग छलफल चलाउने निर्णय गरेको हो । अन्य दलहरुसँग समन्वय गर्ने जिम्मा भने सभापति शेरबहादुर देउवालाई दिइएको छ । 

साथै बैठकमा स्ववियु निर्वाचन आइरहेको सन्दर्भमा नेविसंघ लगाएतका भातृसंगठनलाई पनि पूर्णता दिने विषयमा छलफल भएको छ । कांग्रेसका भातृसंगठन महिला संघ, तरुण दल, नेविसंघलगायत पदाधिकारीविहीन छ ।

Skip This
Skip This
Logo