कर्णालीमा पुरानालाई मन्त्रीमा नदोहोर्‍याउने माओवादीको निर्णय

कर्णालीमा पुरानालाई मन्त्रीमा नदोहोर्‍याउने माओवादीको निर्णय

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रले पुरानालाई यो पटक मन्त्री नबनाउने भएको छ ।

प्रदेश इन्चार्ज कालीबहादुर मल्लले दिएको जानकारीअनुसार पुराना कसैलाई पनि मन्त्री नबनाउने निर्णय भएको छ । माओवादीबाट डोल्पाका वीरबहादुर र सुर्खेतका विन्धमान विष्ट प्रदेशसभामा दोहोरिएका छन् । नयाँलाई मात्र मन्त्री बनाउने माओवादीभित्र सहमति भइसकेको छ । बिहीबार मात्र माओवादीबाट मुगुका मंगलबहादुर शाहीले विना विभागीय मन्त्रीको रुपमा मात्र शपथ लिएका छन् । मन्त्रीमण्डल विस्तारका लागि छलफल जारी रहेको छ । कर्णालीमा एमाले र माओवादीबीच आधा–आधा कार्यकाल सरकार चलाउने सहमति भएको छ ।

Logo