बाग्मती प्रदेशको सभामुखमा राप्रपाका पाठक निर्वाचित

बाग्मती प्रदेशको सभामुखमा राप्रपाका पाठक निर्वाचित

केन्द्रबिन्दु
0
Shares

बाग्मती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनवाट पाठक सभामुखमा निर्वाचित भएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् भने विपक्षमा ४९ मत परेको छ । ७ जना भने प्रदेशसभा सदस्य तटस्थ बसेका थिए । पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनको समर्थन रहेको थियो ।

बाग्मती प्रदेश सभाका लागि तीन जनाको उम्मेदवारी परेको थियो । जसअनुसार शुक्रबार भएको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । दुवै उम्मेदवार अस्विकृत भए पछि भएको मतदान प्रक्रियावाट पाठक सभामुखमा निर्वाचित भएका हुन ।

Logo